पोखरामा प्याराग्लाइडिङ बन्द नहुने



पोखरा । प्याराग्लाइडिङ कम्पनीहरुले पोखरा महानगरपालिकालाई कर तिर्न सहमत भएपछि बन्द गर्ने भनिएको प्याराग्लाइडिङ उडानमा अवरोध नहुने भएको छ ।

पोखरा महानगरपालिका र हवाई खेलकुद संस्था, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघको संयुक्त प्रयासपछि व्यवसायीहरुले एक साताभित्रै एकैपटक चार वर्षको कर बुझाउन तयार भएका हुन् ।

आर्थिक वर्ष २०७२र०७३ देखि प्याराग्लाइडिङ कम्पनीहरुले महानगरले तोकेको ८६ हजार रुपैयाँ कर नबुझाएको राजश्व शाखाले जनाएको छ ।

एक सातासम्म पनि कर नतिरे प्याराग्लाईडिङ बन्द गराउने महानगरले जनाएको छ । उता नागरिक उड्ययन प्राधिकरण पोखराले भने दिनहुँ दुर्घटना भएपछि सोलो उडानमा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्