च्याम्पियन्स लिगबाट बाहिरियो मड्रिड, घरेलु मैदानमा लज्जास्पद हार



मड्रिड, साविक विजेता रियल मड्रिड च्याम्पियन्स लिग प्रतियोगिताबाट बाहिरिएको छ। रियल मड्रिडले क्वाटर फाइनल प्रवेशको निर्णायक लेगमा अप्रत्याशित हार व्यहोरेको हो।
अजाक्स अ्याम्स्टरड्यामको घरेलु मैदानमा भएको पहिलो लेग २–१ ले अग्रता लिएको मड्रिडले मंगलबार राति घरेलु मैदानमा ४–१ को लज्जास्पद हार बेहोरेको हो। अजाक्सले मड्रिडलाई समग्रमा ५–३ ले पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको छ। अजाक्सले उत्कृष्ट पुनरागमन गर्दा बलियो मड्रिडको च्याम्पियन्स लिग सपन यसपटक प्रि-क्वाटर फाइनलमै तुहिएको छ।

अजाक्सको जितका लागि खेलको ७औं मिनेटमा हाकिम जिएचले सुरुवाती गोल गर्दा, डेभिड नेरिसले खेलको १८औं मिनेटमा दोस्रो गोल गरे। ६२औं मिनेटमा डुसान टाडिकले तेस्रो गोल गर्दा ७२औं मिनेटमा लासी स्कोनीले चौथौं गोल गरे।

मड्रिडका लागि खेलको ७०औं मिनेटमा मार्को आसेन्सियोले एक सान्त्वना गोल फर्काए। यस खेलसँगै रियल मड्रिडमा गोलकर्ताको अभाव भएको महसुस भएको छ।

क्रिस्टियानो रोनाल्डोले मड्रिड छाडेपछि रियल मड्रिडले यस सिजन लय लिन सकेको छैन। रोनाल्डो भने इटालीमा चम्किरहेका छन्। यसपटक रियल मड्रिड महत्वपूर्ण मानिएको एल–क्लासिकोमा चारमध्ये ३ एल-क्लासिकोमा पराजित भइसकेको छ।

https://youtu.be/m0wQZrkv_-A

प्रतिक्रिया दिनुहोस्