पूर्वराजा सपरिवार भारत भ्रमण जाँदै



काठमाडौं, (नेस)
पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार भारत भ्रमणमा जाने हुनुभएको छ । उहाँहरु सबै यही महिनाको अन्तिममा भारत भ्रमणमा जाने हुनुभएको हो ।

भ्रमणमा पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वरानी कोमल शाह, छोरी प्रेरणा, नातिनीहरु पूर्णिका र कृतिका, नाति हृदयेन्द्रलगायत सबै भारत भ्रमणमा जान लाग्नुभएको हो ।

उक्त भ्रमणकै लागि बुहारी हिमानी शाह बैंककबाट नेपाल फर्किदै हुनुहुन्छ । उहाँहरू पश्चिम बंगाल हुँदै सिक्किममा केही समय बसेपछि त्यसपछि मुम्बई र दिल्ली पनि पुग्ने बताइएको छ ।

स्रोतका अनुसार यो पारिवारिक भ्रमण भए पनि अन्य विषयमा तथा भारतीय उच्च पदस्त अधिकारीसँगको भेटघाटमा पनि विस्तारित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्