एक लाख घूस लिने व्यवस्थापन समिति सदस्य पक्राउ


नेपाल समाचारपत्र, काठमाडौं ।
एक लाख घूस लिने व्यवस्थापन समिति सदस्य पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा जयनाथ चौवे रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समूहले कपिलवस्तु नगरपालिका १ को न्यू रेसुङ्गा होटल एण्ड रेष्टुरेन्टबाट उनलाई आईतबार पक्राउ गरेको हो ।

उनी कपिलवस्तु, यशोधरा– ३ को श्रीकृष्ण धार्मिक माद्यामिक विद्यालय वसन्तपुर विद्यालय व्यवस्थापन समितिका सदस्य हुन् ।

उनले विद्यालयमा विज्ञापन गरिएको अंग्रेजी विषयको मावि अनुदान शिक्षक दरबन्दीमा शिक्षक नियुक्ति गराइदिने भन्दै चौवेले सेवाग्राहीसँग घूस लिएका हुन्।

 

उनीबारे थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।