राजधानीमा डेढ लाख बढी नक्कली नोट भेटियो


नपाल समाचारपत्र, काठमाडौं ।
प्रहरीले राजधानीको गोंगबुबाट डेढ लाख बढी नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग, गोंगबुले ओमबहादुर कुँवर क्षेत्रीलाई १ लाख ५१ हजार रुपैयाँ नक्कली नोटसहित पक्राउ गरेको हो ।

गएराति विशेष सूचनाका आधारमा प्रहरी प्रभागको टोली गोंगबुको गणेथानस्थित ह्याप्पी होम टोलमा पुग्दा त्यँहा एक फ्ल्याटमा छापा मार्दा क्षेत्रीको कोठाबाट १४१ वटा हजार दरको नक्कली र नजिकै रहेको हिक्मत कुँवरको कोठामा डसनामुनि ११ थान नक्कली नोट भेटिएको प्रहरीले जनाएको छ ।

हाल हिक्मत कुँवर फरार रहेका छन् ।

उनीहरुको साथबाट ५० थान पासपोर्ट पनि बरामद गरिएको प्रहरीले नेपाल सममाचारपत्रलाई जनाएको छ । प्रहरीले ती पासपोर्टलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाउने तयारी गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।