नेपाली क्रिकेट टोली सदस्यलाई ५–५ लाखको इनाम



काठमाडौं(नेस) । युएई विरुद्धको एकदिवसीय र टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेर सोमबार स्वदेश फर्किएको राष्ट्रिय क्रिकेट टोलीलाई काठमाडौमा भब्य स्वागत गरिएको छ ।

नेपालकालागि ऐतिहासिक सिरिज विजेता टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, उपाध्यक्ष पीताम्बर तिम्सिनाले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रियसभा उपाध्यक्ष तिम्सिनाले प्रत्येक खेलाडीलाई आफ्नो व्यक्तिगत तर्फबाट जनही १० हजार सहयोग स्वरुप हस्तान्तरण गर्नुभयो । सो अवसरमा राखेप सदस्य–सचिव केशवकुमार विष्टले सिरिज विजेता खेलाडीलाई जनही पाँच लाख दिन सरकारसमक्ष सिफारिश गरेको जानकारी दिनुभयो । राष्ट्रिय टोलीका कप्तान पारस खड्काले ऐतिहासिक सिरिजमा बिजयप्राप्त गर्नु खुसीको कुरा भएको बताउनुभयो । प्रतियोगितामा नेपालका दुई खेलाडीले विश्व रेकर्डसमेत कायम गरेका थिए ।

रोहितकुमार पौडेल एक दिवसीयमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बनेका छन् । उनले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको रेकर्ड तोड्न सफल भएका थिए । यस्तै सन्दीप जोरा टी–२० मा अर्धशतक बनाउने कान्छो खेलाडी बन्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्