कांग्रेसद्धारा देशभर प्रर्दशन



नेपाल समाचारपत्र, काठमाडौं । नेपाली कांग्रेसले सोमबार देशभरी नै सरकार विरुद्ध शान्तिपुर्ण प्रदर्शन गरेको छ । पुर्व घोषित कार्यक्रम अनुसार प्रदर्शनमा कांग्रेसले सरकार विरुद्ध चर्को नारा पनि लगाएको छ ।

सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्ने उदेश्यले सडक संघर्षमा उत्रिएको नेपाली कांग्रेसले राजधानीमा आयोजित प्रदर्शनमा ‘प्रधानमन्त्री ओलीजी वाइड बडी काण्ड कता हरायो, भ्रष्टाचारीको घेराबन्दीमा सरकार रमायो’ लेखेर प्लाष्टिकको वाइड बडी बिमानसहित सरकार बिरुद्ध नाराबाजी गरेको थियो ।

देशमा बढ्दै गएको महङ्गि, भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार जस्ता घटनालाई न्युनिकरण गर्न नसकेको भन्दै विरोध प्रदर्शनमा सरकारको चर्को आलोचना गरिएको थियो । विरोध प्रदर्शनमा ३३ किलो सुन काण्ड, निर्मला हत्या प्रकरण घटनामा पनि सरकारको आलोचना गरिएको थियो ।

एक पछि अर्को जनविरोधी निर्णय गर्दै आएको कम्युनिष्ट नेतृत्वको सरकार अधिनायकबाद तर्फ उन्मुख भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले काग्रेसले वाइडबडी जहाज खरिदमा भएको अर्बौको घोटालाका बारे गम्भीर ढंगले गहिरो छानवीन गर्न पनि माग गरेको छ ।

सरकारको विरोध गर्दै कांग्रेसले आफैले निर्माण गर्नु उपयुक्त हुने र गर्न सकिने ठहर गरिएको वुढी गण्डकी बहुउदेश्यीय परियोजना विना प्रतिस्पर्धा विदेशी कम्पनीलाई सुम्पिनुका पछिल्तिर के रहस्य लुकेको छ भन्नेबारेमा आवाज उठाएको छ ।

संघीयता कार्यान्वयनका बाँकी कार्यभार पुरा गर्न भइरहेको ढिलाईले समग्र सत्ताको नियतमाथि नै गम्भीर प्रश्न उब्जिएको भन्दै कांग्रेसले कम्युनिष्ट राजनीतिक दर्शनको प्रभाव र दबाबमा रहेर शक्तिको सम्पूर्ण केन्द्रीकरण गर्ने धङ्धङ्ती प्रधामन्त्रीमा देखिएको जनाएको छ ।

कांग्रेसले प्रमुख प्रतिपक्षी दलका नेताकोे उपस्थिति विना संवैधानिक परिषद्को बैठक राखि नियुक्तिका निर्णय गरेको प्रति पनि विरोध जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्