सलिम अन्सारी, प्युठान ।१५ हजार ६ सय
जिल्लाको सरुमारानी गाउपालिका ६ स्थित भिङ्ग्रीखोला टाकुरा गाउँमा शुक्रबार साँझ आगलागी हुँदा दस घरगोठ जलेर ध्वस्त भएको छ ।
आगलागीबाट ३० लाख बढिको क्षती भएको पीडितहरुले बताए । बिद्युत चुहावट भई आगलागी हुँदा दश ओटा घरगोठ सखाप भएको हो। एकै घरका ५ भाई उनिहरु छुट्टाछुट्टै घर बनाएर बस्दै आएका थिए ।
आगलागीबाट बलबहादुर, जयबहादुर, टंक बहादुर,लक्षिराम र टिकाराम घर्ती मगर को घरगोठ पूर्णरुपमा जलेको प्युठान प्रहरी प्रमुख निर्मल बुढाथोकिले जानकारी दिए।
आगलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा र अन्य सामान जलेका छन् । उपभोग्य वस्तुसमेत नष्ट हुँदा घर्ती परिवारको बिचल्ली भएको छ । ठूलो नोक्सानीसँगै घरबास नै उठिबास हुन पुगेको सरुमारानी ६ का वडासदस्य स्थानीय तील बहादुर बुढाले जानकारी दिए । शरिरमा लगाएको एकसरो कपडा बाहेक उनिहरुको केही बाँकी बचेनु उनले भने आगलागीले सवै खरानी बनायो। उनका अनुसार पीडित परिवारका तीस जना भन्दा बढी सदस्य अहिले छिमेकीको घरमा आश्रय लिई बसेका छन। रातको समयमा आगलागी भएका काण घरभित्र रहेका कुनै पनि सामान निकाल्न नसकिएको स्थानीयले बताएका हुन्।
पीडितलाई राहत
भिङ्ग्रीखोला टाकुरा गाउँका अग्निपीडितलाई सरुमारानी गाउँ पालिकाले लत्ताकपडा सहित अठहत्तर हजार बराबरको राहत प्रदान गरेको छ । गाउँपालिकाले शनिबार घरमै पुगेर उक्त राहत प्रदान गरेको हो ।
गाउपालिकाले विपद् व्यवस्थापन समिती अन्तर्गत अग्निपीडितलाई नगद र जिन्सी गरि जनही रु १५ हजार ६ सय का दरले राहत प्रदान गरेको हो । गाउपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले आगलागी पीडितलाई राहत प्रदान गरेको गाउँपालिकाका विपद् व्यवस्थापन समिती संयोजक मोहम्मद हलिमले जानकारी दिए ।
बस्ने बास र खाने गाँससमेत नरहेपछि घट्ना लगत्तै पीडित परिवारलाई जिल्ला प्रसासनको अगुवाईमा नेपाल रेड्क्रस सोसाईटी र प्युठान उद्योग बाणिज्य संघ लगायतका संघसंस्थाले राहतको तयारी गरेका छन। दैवी प्रकोप उद्धार राहत कोषबाट जनही दस हजार नगद र सामाजिक संघसंस्थाले खाधान्न सहित दैनिक उपोभोग्यका सामान राहत वितरण गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।











प्रतिक्रिया