ट्रिपर व्यवसायी आन्दोलित

0
Shares

सरोज यादव, विराटनगर
मोरङको सुन्दरहरैंचा ९ सिसौघारीमा माघ १४ गते सोमबार ट्रिपरको ठक्करबाट ११ वर्षीय बालिका लक्ष्मी ढकालको मृत्यु भएपछि उत्पन्न तनाव सेलाउन नपाउँदै सरकार र ट्रिपर व्यवसायीको जुहारी शुरु भएको छ। पूर्वाञ्चल ट्रिपर व्यवसायी संघले आ≈वान गरेको आन्दोलनका कारण कोसी राजमार्ग तनावग्रस्त बनेको छ।

आन्दोलनरत व्यवसायीले आयोजना गरेको ट्रिपर ¥यालीलाई प्रहरीले अगाडि बढ्न नदिएपछि स्थिति तनावग्रस्त बन्न पुगेको हो। मोरङको सुन्दरहरैंचा नगरपालिकाको खोर्सानेबाट शुक्रबार आयोजना गरिएको ¥याली कोसी राजमार्गअन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकाको सिमानामा पुगेपछि प्रहरीले रोकिराखेको थियो।
साढे १२ बजे उक्त स्थानमा पुगेको तीनसय टिपरसहितको ¥यालीलाई प्रहरीले बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकाको सिमानामा रहेको ढाटमा आइपुगेपछि अघि बढ्न दिइएको थिएन। अगाडि बढ्न खोजिरहेका टिपरलाई प्रहरीले रोक्न खोजेपछि घम्साघम्सीको स्थिति उत्पन्न भएको छ। प्रहरीले रोकेपछि ट्रिपर चालकहरू सडकमा उत्रिएर नाराबाजी गरेका थिए। राजमार्गमा ट्रिपर तेस्र्याएर चालकले आन्दोलन शुरु गरेपछि  केहीसमय कोसी राजमार्ग अवरुद्ध बनेको थियो। ¥यालीमा सहभागी ट्रिपरले ६ लेन सडक रहेको राजमार्ग पूरै ढाकेपछि सवारी आवागमन ठप्प बनेको थियो।

स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो। गत सोमबार बिहान मोरङको सुन्दरपुरहरैंचा–९ सिसौघारीमा ११ वर्र्षीया बालिका लक्ष्मी ढकालको ट्रिपरको ठक्करबाट मृत्यु भएको थियो। त्यसपछि आक्रोशित स्थानीयले सातवटा ट्रिपरमाथि आगजनी गरेका थिए। सुन्दरहरैंचा नगरपालिकाले उक्त दिन दिनभरि तनाव भएपछि साँझमा विराटचोक बेलुपुर सडक खन्डमार्फत ट्रिपर चलाउन नदिने सहमति गरेपछि मात्रै बालिकाको शव उठाएको थियो।

नगरपालिकाले गरेको निर्णयको १२ घण्टा बित्न नपाउँदै ट्रिपर व्यवसायी संघले नगरपालिकाको निर्णयको विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। उक्त आन्दोलनकै क्रममा शुक्रबार व्यवसायीले मोरङको विराटचोककै खोर्सानेबाट इटहरी हुँदै विराटनगरसम्मको ट्रिपर ¥यालि निकालेका हुन्। ट्रिपर सञ्चालन गर्दा शान्ति सुरक्षा पाउनुपर्ने, आगजनी भएका ट्रिपरहरूको क्षतिपूर्ति पाउनुपर्ने, ट्रिपर सञ्चालनमा लगाइएको रोक फिर्ता गर्नुपर्ने, आगलागीमा संलग्नलाई कारवाही गर्नुपर्नेलगायतका माग राख्दै उनीहरूले आन्दोलनको घोषणा गरेका छन्।