महाधिवेशनसम्म दुई अध्यक्ष रहने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
पशुपति शमशेर राणाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा। प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नुभएको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) एकीकरण गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) गठन भएको छ।

शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी राणा र लोहनीको पार्टी एकीकरण गरिएको हो। पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने मुख्य नीति र सिद्धान्तका साथ यी दुई दल एकीकरण भएको हुन्।

दुई दलबीच महाधिवेशन अघिसम्म एकीकृत पार्टीमा राणा र लोहनी अध्यक्ष रहने सहमति भएको छ। साथै महाधिवेशनसम्म पार्टीको दैनिक कार्य सञ्चालनार्थ दुई अध्यक्ष रहेको निर्देशन समिति पनि गठन गरिने भएको छ। दुवै पार्टीको विधानलाई आधार मानी नवगठित पार्टीको अन्तरिम विधान एक महिनाभित्र तयार पार्नेर चुनाव चि≈न हलो राख्ने सहमति भएको एकीकरण कार्यक्रममा बताइएको थियो।

पार्टी एकीकरण कार्यक्रममा बोल्दै एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रवादी० का अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले एकीकृत पार्टी मूल्य मान्यताको जगमा अघि बढ्ने बताउनुभएको थियो। पहिचानलाई संरक्षण गर्नुपर्ने भन्दै हिन्दू राष्ट्रको एजेन्डालाई एकीकृत पार्टीले अवलम्बन गर्ने उहाँको भनाइ थियो। नेपालमा संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र आवश्यक रहेको भन्दै उहाँले राजसंस्थालाई अभिभावक मानेको देशमा स्थिरता भएको पनि डा। लोहनीले औंल्याउनुभएको थियो।

हाल नेपालमा रहेको सरकारले कुशासन र लुटतन्त्र लागू गर्न लागेको आरोप लगाउँदै एकीकृत पार्टी भ्रष्टाचारविरुद्धको लडाइँमा पनि अघि बढ्ने पार्टी एकीकरण कार्यक्रममा डा। लोहनीले बताउनुभएको थियो।

पार्टी एकीकरण कार्यक्रममा बोल्दै अर्का अध्यक्ष पशुपतिशमशेर राणाले आफूलाई कम्युनिस्ट भनेर सरकारले क्रिस्चियन धर्मको कार्यक्रममा सम्पूर्ण सरकारी शक्ति प्रयोग गरेको आरोप लगाउनुभएको थियो। ठूला पार्टीले हिन्दू राष्ट्रको पहिचान मेटेको भन्दै ९४ प्रतिशत ओमकार परिवार रहेको देशमा हिन्दू राष्ट्र पुनस्र्थापना गर्न एकीकृत पार्टीले सडकमा संघर्ष गर्ने पनि राणाले बताउनुभएको थियो।

वर्तमान सरकारले जनताको आशालाई निराशामा बदलेको भन्दै यो भ्रष्ट सरकार भएको आरोप लगाउनुभएको छ। कम्युनिस्ट पार्टीले भ्रष्टाचार विकेन्द्रीकरण गरेर नगर र गाउँमा पु¥याएको छ भन्दै कम्युनिस्टले चुनावमा सिंहदरबारको अधिकार गाउँमा पु¥याउँछौं भनेको तर भ्रष्टाचार घरघरमा पु¥याएको राणाले बताउनुभएको थियो। साथै उहाँले केपी ओली नेतृत्वको सरकारले डा। गोविन्द केसीको ज्यान खतरामा राख्दै असंवेदनशील काम गरेको पनि बताउनुभएको थियो।