मनव तस्कर घले जेल चलान



काठमाडौ । अष्ट्रेलियाको पानी जहाज कम्पनीलाई जागिर लगाइदिने भन्दै ठगी गर्दै आएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरी काठमाडौ जिल्ला अदालतमा पेश गरेको छ । ललितपुरका होमबहादुर घलेलाई पक्राउ गरी फैसला कार्यान्वयनको शिलसिलामा काठमाडौ जिल्ला अदालतमा पेश गरेको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।

 

अभियुक्त घलेले आफ्ना आफन्त अष्ट्रेलियमा रहेकाले पानी जहाजमा काम पाईने भन्दै प्रति महिना १ हजार ८ सय डलर तलव हुने भन्दै बिभिन्न ब्यक्तिबाट रकम असुल गरी बेपत्ता भएकोमा प्रहरीले उनलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेकोमा उनी त्यसपछि फरार भएका थिए । फैसला कार्यान्वयनको शिलशिलामा उनलाई पक्राउ गरी अदालतमा पेश गरेकोमा अदालतले कैद भुक्तानकालागि सदरखोर डिल्लीबजार पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्