कङ्केश्वरी मन्दिरमा दिउँसै मूर्ति चोरी


नेपाल समाचारपत्र, काठमाडौँ ।
राजधानीको प्याफलमा रहेको कङ्केश्वरी मन्दिरको एक मूर्ति चोरी भएको छ ।
बिहीबार दिउँसो मन्दिरबाटै मूर्ति चोरी भएको जनसेवाका डीएसपी टेकुनन्द इवा लिम्बुले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
डीएसपी लिम्बुका अनुसार अहिले त्यहाँ रहेको सिसी टिभी हेर्न शुरु गरिएको छ ।

केहि समय अगाडि एक मूर्ति चोरी गर्ने पक्राउ परेका थिए तर हाल उनी छुटिसकेकाले उनलाई आशंका गरि उनलाई खोज्न थालिएको डीएसपी लिम्बुले जनाएका छन् ।
चोरी भएको मन्दिरको सानो मूर्ति हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।