महोत्तरीको बर्दिवास नगरपालिका बालश्रम मुक्त


बर्दिवास ।
महोत्तरीको बर्दिवास जिल्लाकै पहिलो बालश्रममुक्त नगरपालिका घोषणा गरिएको छ ।

बर्दिवास नगरपालिकाले आज बर्दिवास चोकमा आयोजना गरेको खुला समारोहमा महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाले नगरपालिका क्षेत्र बालश्रममुक्त भएको घोषणा गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य थापाले आफ्नो स्थानीय तहमा यहाँका जनप्रतिनिधि, कार्यालयका कर्मचारी र साझेदार सहयोगी संस्थाको निरन्तरको मेहनतले नगरपालिका जिल्लाकै पहिलो बालश्रममुक्त घोषणा हुन सकेको बताउनुभयो ।

समारोहमा नगरप्रमुख विदुरकुमार कार्की, उपप्रमुख कृष्णमाया गौतमसहित जनप्रतिनिधि, नगरको शिक्षा तथा सामाजिक विकास शाखाका प्रमुख, नगरपालिकाका सहयोगी साझेदार संस्थाका प्रतिनिधि र समारोहमा सरिक सबै सहभागीले नगरपालिकालाई बालश्रममुक्त गर्ने प्रतिबद्धता जनाए । कूल ६४ हजार जनसङ्ख्या नगरपालिका क्षेत्रमा गत मङ्सिरमा अनुगमन गरिँदा १७८ बालश्रमिक भेटिएका थिए । ती सबै बालबालिकालाई अभिभावकको जिम्मा लगाई पठनपाठनको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । जिल्लामा दश नगरपालिका र पाँच गाउँपालिका रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।