आउँदो वर्ष पनि पाठ्यपुस्तक अभाव हुने संकेत

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं
आउँदो शैक्षिक सत्रमा पनि मुलुकभर पाठ्यपुस्तक अभाव हुने सम्भावना बढ्दै गएको छ। पाठ्यक्रम विकास केन्द्रले निजी प्रकाशकलाई समयमै पाठ्यपुस्तक छपाइ गर्ने जिम्मा दिन नसक्दा समस्या हुने सम्भावना देखिएको छ।

केन्द्रले पुस २ गते सूचना प्रकाशित गरी पुस्तक छपाइका लागि सूचीकृत हुन आग्रह गरेको छ। १५ दिने सूचना जारी गरी प्रक्रिया पूरा गर्न झन्डै एक महिना लाग्ने भएको छ।

गतवर्ष पुस १५ गतेदेखि पाठ्यपुस्तक छपाइ शुरू गरेको निजी प्रकाशकहरू हालसम्म प्रक्रिया पूरा गर्नमै व्यस्त छन्। ‘कहिले प्रक्रिया पूरा भएर पाठ्यपुस्तक छपाइको जिम्मामा आउँछ भन्न सक्ने अवस्था छैन।’ –निजी पाठ्यपुस्तक प्रकाशन तथा विक्रेताका प्रतिनिधि दीपक भण्डारीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘अहिलेको अवस्थामा सुधार नआए फागुन १ गतेदेखि शैक्षिक सत्र शुरू हुने ५ हिमाली जिल्लामा पाठ्यपुस्तक पु¥याउन समस्या पर्न सक्छ।’

डोल्पा, हुम्ला, जुम्ला, मनाङ र मुस्ताङमा फागुन १ गतेदेखि शैक्षिक सत्र शुरू हुने गरेको छ। गतवर्ष निजी प्रकाशकले माघ १० गतेभित्र हिमाली जिल्लामा पाठ्यपुस्तक पु¥याइसकेका थिए। ‘यो वर्ष त फागुन पहिलो साता पनि पु¥याउन समस्या पर्ला जस्तो छ।’ –भण्डारीले भन्नुभयो।

आगामी शैक्षिक सत्रमा निजी प्रकाशकलाई कक्षा ५ को पाठ्यपुस्तक छपाइ गर्ने जिम्मा नदिँदा निजी प्रकाशकले पुस्तक छपाइ गर्ने वा नगर्ने भन्ने विषयमा अन्योल कायम रहेको बताउँदै भण्डारीले भन्नुभयो– ‘५ कक्षाको पुस्तक छपाइ कटौती गरेपछि निजी प्रकाशकलाई स्टकमा रहेको पुस्तक के गर्ने भन्ने बारेमा समस्या परेको छ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रका लागि निजी प्रकाशकलाई १–४ सम्मको पाठ्यपुस्तक छपाइ गर्न दिने निर्णय गरेको थियो।
शैक्षिक सत्र २०७५ का लागि कक्षा १–५ को जिम्मा दिइएको थियो। यो वर्ष कक्षा ४ सम्मको मात्र पुस्तक छपाइको जिम्मा दिँदा लाखौं रुपियाँ घाटा लाग्ने निजी पुस्तक प्रकाशकले दाबी गरेका छन्। भण्डारीले निजी क्षेत्रप्रति सरकारको फरक व्यवहारले गर्दा लाखौं रुपियाँ डुब्ने खतरा बढेको दाबी गर्नुभयो।

‘अब मन्त्रीसँग भेटेपछि मात्र हामीले कक्षा ४ सम्मको पाठ्यपुस्तक छपाइ गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्नेछौं।’ –उहाँले भन्नुभयो। पुस्तक छपाइ गर्ने विषयमा समयमै निर्णय गर्न नसक्दा सरकारलाई पनि समस्या पर्न सक्ने चेतावनी निजी प्रकाशकहरूले दिएका छन्। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा। लेखनाथ पौडेलले यो महिनाभित्र निजी प्रकाशकलाई सूचीकृत गरी कक्षा १–४ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा दिने स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो– ‘यो महिनाभित्र सम्पूर्ण प्रक्रिया पूरा गरेर निजी प्रकाशकलाई पीआरसी ९प्रिन्टरेडी कपी० हस्तान्तरण गर्नेछौं।’ उहाँले माघ पहिलो साताबाट काम शुरू गर्दा ढिलो नहुने दाबी गर्नुभयो।

उता कक्षा १–१०को पाठ्यपुस्तक छपाइ र बिक्री गर्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हालसम्म १ करोड थान पाठ्यपुस्तक छपाइ गरिसकेको दाबी गरेको छ।

केन्द्रले २ करोड २५ लाख थान पाठ्यपुस्तक छपाइ गर्ने जिम्मा पाएको महाप्रबन्धक महेश्वरप्रसाद तिमल्सिनाले जानकारी दिनुभयोे। उहाँका अनुसार फागुन १ गतेदेखि शैक्षिकसत्र शुरू हुने ५ हिमाली जिल्लाका लागि नेपालगन्ज र पोखरा कार्यालयमा सम्पूर्ण पाठ्यपुस्तक पु¥याइसकेको दाबी गर्नुभयो।

उहाँले भन्नुभयो– ‘हिमाली जिल्लामा पाठ्यपुस्तक पुग्ने क्रममा छ, माघ महिनाभित्र सबै जिल्लामा पाठ्यपुस्तक पुग्नेछ। उहाँले शैक्षिक सत्र २०७६ का लागि पाठ्यपुस्तक अभाव नहुने दाबी गर्दै त्यसका लागि छपाइ कार्य जारी रहेको बताउनुभयो।

आगामी शैक्षिक सत्रमा सबै कक्षाको नेपाली विषयमा वर्ण विन्यास परिवर्तन भएकाले कक्षा ६–१० को नेपाली विषयमा पीआरसी आउन केही ढिलो भएको बताउनुभयो।

जनक शिक्षाले निर्वाचन आयोगले उपलब्ध गराएको मतपत्र छपाई गर्ने चारसहित ११ वटा मेसिन सञ्चालन गरी छपाइलाई तीव्रता दिइएको छ। जनक शिक्षाले पोखरा, जनकपुर, काठमाडौं मुख्यालय, विराटनगर, धनगढी, नेपालगन्ज, भरतपुर, विराटनगर, सुर्खेत र बुटवलस्थित कार्यालयबाट पाठ्यपुस्तक बिक्री वितरण गरिरहेको छ।

उहाँले बैठक सकिँदा सिंगो पार्टी एकताबद्ध हुने, कार्यकर्ता उत्साहित हुने, जनतामा आशा र विश्वास पैदा गर्ने विश्वास व्यक्त गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। नेकपाको बैठक गत २९ देखि शुरू भएको थियो।

Skip This