रामेछाप बजारमा आगलागी


रामचन्द्र वि.क., रामेछाप ।
रामेछापको रामेछाप बजारमा आगलागी भएको छ । बुधबार बिहान करिब २ बजे तिरको समयमा आगलागी भएको हो । आगलागीबाट रामेछापको माथिल्लो बजारमा राखिएको पाइप जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

आगलागीबाट मानवीय क्षेति नभए पनि लाखौको धनमालमा क्षेति पुगेको छ । नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्राणमा आएको प्रहरी प्रबक्ता शेख अदालतले जानकारी दिए । आगो लाग्नुको कारण नखुलेको र त्यसको अनुसन्धन भइरहेको प्रबक्ता अदालतले बताउनुभएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।