मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


प्यूठान ।
मोटर साइकलको ठक्करबाट प्यूठानमा एक पैदलयात्रीको मृत्यु भएको छ। प्यूठान देखि दाङ जादैं गरेको लु ४ प ९०५७ नम्बरको मोटर साइकलले ठक्करबाट जिल्लाको माण्डवी गाउँपालिका १ सिमलचौर वस्ने अन्दाजी वर्ष ४५ का बोम बहादुर थापाको मृत्यु भएको प्रहरीले बताएको छ। जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा आज उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख निर्मल बुढाथोकीले जानकारी दिए ।

झिमरुक गाउँपालिका तोरवाङ निवासी मोटरसाइकल चालक सन्तोष गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यात्राको क्रममा बाटो काट्ने क्रममा मोटरसाइकल अनियन्त्रित भइ पैदल यात्री थापालाई ठक्कर दिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।