छिमेकीमाथि खुकुरी प्रहार गर्ने सार्की २ लाख धरौटीमा छुटे


रामचन्द्र वि.क., रामेछाप ।
रामेछापको रामेछाप नगरपालिका–१ गोठगाउँका ४० वर्षिय पहलबहादुर सार्कीलाई खुकुरी प्रहार गर्ने छिमेकी हरिभक्त खत्री दुई लाख धरौटीमा छुटेका छन् । जिल्ला अदालत रामेछापले उनलाई मंगलबार दुई लाख धरौटी लिएर तारेखमा छोडेको हो ।

खुकुरी प्रहार गर्ने खत्रीलाई प्रहरीले ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नीरिक्षक राजेन्द्र थापाले जानकारी दिए ।

मंसिर १३ गते सार्कीलाई खत्रीले टाउको र हातमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका सार्कीको अवस्था सामन्य बनेको थापाले जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।