८० हजार घुससहित उपसचिव पक्राउ

0
Shares

काठमाडौं ।
८० हजार रुपैयाँ घुससहित उपसचिव पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सरकारी वकिल कोषहरि निरौलालाई पक्राउ गरेको हो ।

मुद्दा मिलाइदिने भन्दै रकम लिदैंगर्दा रंगेहात पक्राउ गरेको हो। उनले ठगी मुद्दा मिलाइदिने भन्दै ८० हजार रूपैयाँ घुस लिएका थिए।

ठगी मुद्दामा प्रतिवादी रहेकी एक महिलालाई उन्मुक्ति दिने भन्दै निरौलाले घुस रकम माग गरेका थिए। आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले मंगलबार कार्यालय खुल्नासाथ घुस लिइरहेको अवस्थामा निरौलालाई पक्राउ गरेको हो।

Skip This