सर्लाही घटना बुझ्न जाँदै निधि


नेपाल समाचारपत्र, काठमाडौं
नेपाली काग्रेसले सर्लाही घटनालाई अत्यन्त गम्भिरतापूर्वक लिएको जनाएको छ । घटनाबारे विस्तृत विवरण बुझनको लागि काग्रेस सभापति शेरवहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई खटाउनुभएको छ । उपसभापति निधि आज बुधबार बिहानै सर्लाही जाने काग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले सर्लाही क्षेत्र नं ४ को रामनगर गाउपालिका–४ का नेपाली काग्रेसको तर्फबाट विजयी वडा अध्यक्ष राम नरेश महतोको काका रामविलास महतोलाई गोली हानी हत्या गरेका थिए । रामविलास महतोको मुख र पेटमा गोली लागी घटनास्थलमै मृत्यु भएको थियो । नेकपाका कार्यकर्ताले एक्कासि कुटपिट र गोली चलाएका थिए । गोली लागेर सोही वडाका नेपाली कांग्रेसका महादेव राय, विवेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेमनारायण महतो, मुकेशकुमार कुशवाहा गम्भीर घाइते हुनुभएको छ ।

घाइते लिन गएको एम्बुलेन्समाथि समेत नेकपाका कार्यकर्ताले तोडफोड गरेर उपचारमा लैजान समेत समस्या उत्पन्न गरेका थिए । नेकपाका कार्यकर्ताले वडा अध्यक्ष महतोको घरसहित वरपरका अन्य घरमा समेत क्षति पु¥याएका छन् । सोमबार सोही वडाका निर्वा्चित वडा अध्यक्ष रामनरेश महतो दिउँसो १ बजे कार्यालय जाने क्रममा नेकपाका कार्यकर्ताले सांघातिक आक्रमण गरेर दुवै खुट्टा भाँचिदिएको र टाउँको फुटाइदिएका थिए । टाउँकोमा गम्भीर चोट लागेका कारण उपचारका क्रममा उहाँको टाउँकोमा १० वटा टाँका लगाइएको छ ।

अघिल्लो दिन वडाध्यक्षलाई कुटपिट गरिएको र त्यसको भोलिपल्ट उनकै घरमा आक्रमण गरेर गोली हानिएको छ । कांग्रेसले भनेको छ– ‘घट्ना घट्न सक्ने सम्भावना रहेको तर्फ नेकपाको डर, त्रासका आधारमा प्रहरी प्रशासनले सुरक्षा दिन नसक्नु अत्यन्त दुःखद विषय हो ।’ यस घटनालाई अत्यन्त गम्भीरतापूर्वक लिएको भन्दै नेपाली कांग्रेसले सरकारको गम्भीर ध्यानकर्षण पनि गराएको छ । साथै, यस्ता घटना भविष्यमा पुनः नदोहो¥याउन नेपाली कांग्रेस नेकपालाई चेतावनी समेत दिएको छ । मृतकलाई शहीद घोषणा गर्न, घाइतेहरुको निःशुल्क उपचारको प्रबन्ध गर्न तथा घटनामा संलग्न अपराधीहरुलाई कडा भन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।