नयाँ शक्तिको संघीय बैठक आजदेखि काठमाडौंमा


काठमाडौं । नयाँ शक्ति पार्टीको १५ औं संघीय बैठक आजदेखि राजधानीमा बस्दै छ ।

यही कात्तिक १४ र १५ गते बस्ने दुई दिने बैठक बुद्धनगरस्थित बुद्वनगर पार्टी प्यालेसमा बस्ने तय भएको प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।

उनका अनुसार बैठकमा पार्टीको अवस्थाको रिपोर्टिङ, कामहरुको समीक्षा र आगामी कार्ययोजनाको विषयमा छलफल हुनेछ ।

बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे गहन छलफल, पार्टीको महाधिवेशनका विषयमा तथा पार्टीले लिनुपर्ने रणनीतिका बारेमा ठोस निर्णय हुने उनले जानकारी दिए ।