नेपाल समाचारपत्र, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । रुघाखोकी र ज्वरोका कारण दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट पर रहेका ओलीको ज्वरो कम भई स्वास्थ्यमा सुधार भइरहेको उनको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएसँगै आइतबार मन्त्रिपरिषद बैठकमा सहभागी हुने जानकारी दिँदै उनका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रेस नोट जारी गरेका हुन ।
आइतबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नै मन्त्रिपरिषद बैठक बोलाइएको छ । यसअघि प्रधानमन्त्रीको अस्वस्थताका कारण शुक्रबार मन्त्रिपरिषद बैठक स्थगित गरिएको छ ।
अस्वस्थ भएका कारण प्रधानमन्त्री ओली नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पनि सहभागी भएका थिएनन् ।











प्रतिक्रिया