अष्ट्रियाको भियनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

0
Shares

प्रभु श्रेष्ठ, अष्ट्रिया ।
अष्ट्रियाको राजधानी भियनामा शनिबार नेसास अष्ट्रियाको आयोजनामा विजयादशमी तथा शुभ–दीपावलीको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा आकर्षक सांगीतिक कार्यक्रमको भव्य रुपमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष डबिन लामा गुरुङको सभापतित्व भएको कार्यक्रमको प्रमुख अतिथि अष्ट्रियाको लागी नेपाली राजदुत महामहिम प्रकाश कुमार सुवेदी हुनुहुन्थ्यो ।

अष्ट्रियास्थित धेरै बालकलाकारहरुको बेजोड प्रस्तुती रहेको यस कार्यक्रमको प्रमुख आकर्षणको रुपमा नेपालबाट आउनु भएका दोहोरी गीत गायक मेक्सम खाती र गायिका सरिता कार्की हुनुहुन्थ्यो । उहाँहरुको संगीतमा धेरैजसो अष्ट्रिया निवाशी उपस्थित नेपाली महानुभावहरु झुमेका थिए ।

त्यती मात्र नभई रमेश बोहोरा र रिमा बिष्टको उद्घोषणले यस कार्यक्रमको रौनक थपिएको थियो ।