समुदाय–प्रहरी साझेदारी अभियान सञ्चालन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
बलात्कार र अन्य प्रकारका यौजन हिंसा बढिरहेका बेला नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी अभियान’को आइतबार बिहानबाट थालनी गरेको छ। शान्तिपूर्ण एवम् सुरक्षित समाजका लागि भन्दै सञ्चालित कार्यक्रमको भृकुटिमण्डपमा आयोजित एक समारोहकाबीच गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरे।

नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले नागरिक न्यूजसँग कुरा गर्दै समुदायसँगको साझेदारीमा सबै प्रकारका सामाजिक दुव्र्यवहारको सामना गर्दै सभ्य समाज निर्माणमा टेवा पु(याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताए। ‘नेपाल प्रहरीले संघीय, प्रान्तिय, जिल्ला र वडा स्तरमा महिला हिंसा, साइबर क्राइम, वातावरण प्रदूषण नियन्त्रणका लागि जागरण अभियान सञ्चालन गर्ने छ’, उनले भने।

कार्यक्रममा गृह सचिव प्रेम कुमार राई, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र उच्च पदस्थ प्रहरी अधिकारीहरुको उपस्थिति रहेको थियो।