बुटवलमा अवैध कुखुराका चल्ला बरामद


बुटवल ।
सशस्त्र प्रहरी बल नेपाल राजश्व भन्सार ३८ नम्बर गुल्म रुपन्देहीले अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा आज बिहान तीन हजार ५०० ब्रोइलर कुखुराका चल्ला बरामद गरेको छ ।

रोहिणी गाउँपालिका–७ टिकर क्षेत्रमा गस्तीमा गएको सशस्त्रको टोलीले लुकाइछिपाई भारतबाट ल्याइँदै गरेको अवस्थामा चल्ला बरामद गरेको राजश्व भन्सार ३८ नम्बर गुल्म रुपन्देहीको सूचना शाखाले जनाएको छ । राजश्व गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले उक्त अवैध चल्ला बरामद गरेको गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्दबहादुर खातीले बताउनुभयो ।

भारतीय सीमा क्षेत्रबाट तस्करले भरिया प्रयोग गरेर खेतको बाटो चल्ला नेपाल भित्र्याउँदै गरेको सूचना पाउनासाथ गएको गस्तीले उक्त चल्ला बरामद गर्नाका साथै बरामद चल्ला पशु क्वारेन्टाइन चेकपोष्ट बेलहिया, नेपाल ह्याचरी सङ्घ, सञ्चारकर्मी र स्थानीय बासिन्दाको रोहवरमा नष्ट गरिएको गुल्मले जनाएको छ । पछिल्लो समय रुपन्देहीमा अवैध चल्ला भारतबाट नेपालतर्फ व्यापक रुपमा भित्रिने गरेको गुनासो स्थानीयस्तरमा उठेको छ । यसको रोकथाममा सशस्त्रले विशेष अभियान थालेको पछिल्लो दुई महिनामा १० हजार अवैध चल्ला बरामद गरी नष्ट गरिएको छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।