विमानस्थल निर्माण समयमैः मन्त्री अधिकारी


पोखरा ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न हुने बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०, पोखरा महानगरपालिका वडा नं २१ कृस्तिद्वारा विजयादशमी, शुभदीपावली, छठ र ल्होसारलगायत पर्वका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विमानस्थलको निर्माण कार्य तीव्र रूपमा भइरहेको जानकारी दिनुभयो ।

उहाँले ‘समृद्ध नेपाल सुखी नेपाली’ को वर्तमान सरकारको प्रमुख लक्ष्य पूरा गर्न समग्र विकास निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तीन वटै सरकारको समन्वयको आवश्यकता पनि औँल्याउनुभयो ।

नेकपाका कास्की जिल्ला संयन्त्र सदस्य एवम् प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले जिल्लाका पाँच वटै स्थानीय तह र वडास्तरमा समेत पार्टी संयन्त्र निर्माण भइसकेको जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।