भारतसँगको हवाई रुट कार्यान्वयन हुन नसक्नु सरकारको असफलताः गच्छदार



सरोज यादव, विराटनगर ।
नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले भारतसँगको थप चार हवाई रुट प्राप्त गर्ने सहमति कार्यान्वयन हुन नसक्नु सरकारको असफलता भएको बताएका छन ।

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भएको सहमति कार्यान्वयन गराउन नसक्नु नै सरकारको असफलता भएको बताए । मुलुकमा महँगी वृद्धि र जनतामा करको भार थप गरेकोमा पनि चिन्ता व्यक्त गरे ।

नेता गच्छदारले मुलुकमा दिन प्रतिदिन शान्ति सुरक्षाको अवस्थामा बिग्रँदो अवस्थामा गएको बताउँदै बलात्कार र हत्याका घटना दिन प्रतिदिन वृद्धि भएर सुरक्षा अवस्था नभएको जस्तो अनुभूति जनताले गरेको आरोप समेत लगाए । सुरक्षा संवेदनशील विषय भएकोले प्रदेश सरकारले संघीय सरकारसँगको समन्वयमा कानून निर्माण गर्नुपर्ने वताए ।

गच्छदारले परराष्ट्र, अर्थ र सुरक्षा जस्ता विषयमा प्रदेश सरकारले केन्द्रसँग समन्वय गर्नु नै राम्रो हुने प्रष्ट पारे । उनले प्रदेशको आन्तरिक सुरक्षाका लागि कानुनसंगत ढंगले प्रदेश सरकार अगाडि बढ्नुुपर्नेमा जोडसमेत दिए ।पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता गच्छदारले नेपाली कांग्रेस विजयी भएको स्थानीय तहमा संघीय सरकारले बजेट कटौती गरी भेदभाव गरेको आरोप लगाउँदै यसबाट स्थानीय सरकारले स्वायत्त तथा आत्मनिर्भर भएर जनताको विकासको चाहना पूरा गर्न नसकेको धारणा व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्