मापसे गरी श्रीमतीमाथी हसिया प्रहार गर्दा…


विनोद सिंह विष्ट, बैतडी ।
मादक पदार्थ (रक्सी) सेवन गरी श्रीमानले हसिया प्रहार गर्दा बैतडीको पञ्चेश्वर गाउँपालिका ४ बर्तोली चौडेलीकी २७ बर्षीया ईन्द्रा चन्द घाइते भएकी छिन् ।

सुरेन्द्र चन्दले सोमवार दिउँसो साढे १ बजेतिर मादक पदार्थ(रक्सी) सेवन गरी श्रीमती ईन्द्रामाथी हसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

श्रीमानको हसिया प्रहारबाट ईन्द्राको कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ । ईन्द्राको स्थानीय सैलोडा स्वास्थ्य चौकी उपचार भइरहेको छ ।

हसिया प्रहार गर्ने सुरेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।