ट्रक दुर्घटना हुँदा आज बिहान एकजनाको मृत्यु


कावासोती ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा सवारी दुर्घटना हुँदा आज बिहान एक जनाको मृत्यु भएको छ ।

भैरहवाबाट पोखराका लागि छुटेको ग १ ख ४१६७ नं को ट्रकले बिग्रिएर रोकी राखेको ना १ ख १४१ नं को ट्रकलाई ठक्कर दिँदा सवारी साधन मर्मत गर्दै गरेका सहचालक नवलपरासी गैँडाकोट ढोडेनीका २० वर्षका धनबहादुर मगरको मृत्यु भएको हो । गम्भीर घाइते भएका मगरको उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो ।

दुर्घटनामा परी ट्रक चालक ढोडेनीका वर्ष २७ का वसन्त भुजेल घाइते भएका छन् । घाइते भुजेलको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।