त्रिशूलीमा बस खस्दा एक जना घाइते


काठमाडौं ।
त्रिशूली नदीमा बस खस्दा एक जना घाइते भएका छन् । लमजुङबाट काठमाडौंतर्फ आउँदै गर्दा ना ५ ख ३७०५ नम्बरको यात्रुबाहक बस गएराति १२ बजे चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा त्रिशूली नदीमा खसेको प्रहरी जानकारी दिएको छ ।

दुर्घटनामा अन्य ४ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब ७० मिटर तल खसेर नदीमा खसेको थियो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।