अर्थतन्त्र सुधार्नु अहिलेको प्रमुख आवश्यकताः मुख्यमन्त्री पोखरेल


दाङ ।
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले देशको अर्थतन्त्र सुधार्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी दाङको भरतपुरमा कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले अर्थतन्त्र बलियो भए मात्रै विकास र समृद्धिको सपना पूरा हुने बताउनुभयो ।

‘‘अर्थतन्त्रलाई सबल बनाउन सके मात्रै आवश्यक अनुसारका सेवा, सुविधा र विकास गर्न सकिन्छ,’’ उहाँले भन्नुभयो । उहाँले दुई तिहाइको सरकारप्रति नागरिकको आकांक्षा बढ्नु स्वभाविक हो ।

अर्को प्रसङ्गमा मुख्यमन्त्री पोखरेलले तुलसीपुरको विमानस्थल पनि चलिरहने र दाङमा अन्तर्राष्ट्रियस्तरको वैकल्पिक विमानस्थल पनि बन्ने बताउनुभयो । साथै उहाँले कम्युनिष्टलाई काम गर्न नदिने योजनाका साथ प्रतिक्रियावादीहरु सल्बलाउन खोजेको बताउनुभयो । जुनसुकै काममा अवरोध सिर्जना गर्ने र अनावश्यक विरोध गरेर जनतामा निराशा फैलाएर देशलाई अस्थिरतामा राख्न खोजेको उहाँको भनाइ थियो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।