बेलकोटगढीको खाल्टेमा करेन्ट लागेर एकको मृत्यु


नुवाकोट ।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं।७ को खाल्टे मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नुवाकोटकै लिखु गाउपालिका वडा नं।१ बरखेती बस्ने अन्दाजी ३०÷३५ वषिर्य भरत ढुङगाना रहेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुवरले बताए । गल्छिबाट त्रिशुली तर्फ आउदै गरेको फलामको बक्सा ल्याउदै गरेको ना ३ ख ४७६८ नं। को ट्रक चालकलाई करेन्ट लागेको बताइएको छ । ट्रकलाई बिजुलीको तारले छुन लागेकोले ट्रकमाथी छतमा गई तार पन्छाउने क्रममा ढुङगानालाई करेन्ट लागेको प्रहरी चौकी तारुकाले बताएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।