अप्रेसन गरेको २४ घण्टा भित्रै भरतपुर अस्पतालमा सुत्केरीको मृत्यु


चितवन ।
भरतपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । आज (मंगलवार) विहान नवलपरासीको अरुणखोलाकी ३० बर्षिय तुलसी मगरको मृत्यु भएको हो । अप्रेसन गरेको २४ घण्टा भित्रै सुत्केरीको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक श्रीप्रसाद अधिकारीले जानकारी दिए । उनले गर्भवती महिलामा पल्मोनरी थोन्वोएम्वोलिजमको समस्या देखिएका कारण मृत्यु भएको बताए ।

 

यस्तो समस्या अप्रेसन गरेका विरामी, गर्भवती ,क्यान्सर लगाएतको रोगका विरामीलाई देखिने गरेको उनले बताए । सुत्केरीलाई सोमवार बेलुका १० बजेदेखी समस्या देखिएको र तत्काल आइसियूमा भेन्टिलेटर राखेर उपचार गरिएपनि बचाउन नसकिएको उनले बताए । समस्या देखिएको पाँच घण्टापछि सुत्केरीको मृत्यु भएको उनले जानकारी दिए । वच्चा भने शकुसल रहेको डा. अधिकारीले बताए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।