त्रिपाल र प्लाष्टिक टनेल वितरण


पाल्पा ।
जिल्लाको उत्तरी भेगमा पर्ने गनासकाली गाउँपालिकाका व्यवसायिक कृषकहरुलाई कृषि सामाग्री अर्थात त्रिपाल र प्लाष्टिक टनेल वितरण गरिएको छ ।

गाउँपालिकाको कृषि शाखाले व्यवसायिक कृषकहरुका लागि त्रिपाल र प्लाष्टिक वितरण गरेको हो ।
अशाखाले गुणस्तरी मकै विउ उत्पादनका लागि गाउँपालिका वडा १ का कृषकहरुलाई एक कार्यक्रमका बीच त्रिपाल वितरण गरेको छ । मकै विउ उत्पादन सम्बन्धि एक दिने अन्र्त्क्रिया कार्यक्रममा वडाका ६० जना व्यवसायिक कृषकहरुका लागि त्रिपाल वितरण गरिएको कृषि शाखा संयोजक सन्तोष जिसीले जानकारी दिए ।

विगतमा पिपलटारी मकैं विउ उत्पादक कृषक समूहले चार टन मकै उत्पादन गरेकोमा यस वर्ष पाँच टन मकै उत्पादन गर्ने लक्ष्य लिएको कृषि समुहका अध्यक्ष चन्द्रवीर रानाले बताए । त्यस्तै गरी कृषि शाखाले वडा ९ मा व्यवसायिक कृषकहरुलाई प्लाष्टिक टनेल वितरण गरेको छ । व्यवसायिक टमाटर खेती गर्न ३० जना कृषकहरुलाई प्लाष्टिक वितरण गरिएको वडा अध्यक्ष थानेश्वर तिमिल्सेनाले जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।