प्रमद्वारा ७ भाषामा संविधान दिवसको सन्देशः राष्ट्रिय दायित्व पूरा गर्न आह्वान


काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा राष्ट्रभाषा नेपालीका साथै सात भाषामा देशभित्र र बाहिर रहेका नेपालीमा शुभकामना सन्देश दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपाली भाषामा पूर्ण विवरणको सन्देश दिनुभएको छ भने अन्य भाषामा त्यसका मुख्य भाव र अंश समेटेर सामाजिक सञ्जालमार्फत सबै पेशा, क्षेत्र, लिङ्ग, समुदाय र सम्पूर्ण राजनीतिक दलका नेता एवं देशवासीमा आन्दोलनको चरण सकिएकाले विकास र समृद्धिको अभियानको चरणमा सहयोगी भावनाका साथ अग्रसर भई राष्ट्रिय दायित्व पूरा गर्न आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले नेपाली, अङ्ग्रेजी, नेपालभाषा, भोजपुरी, मैथिली, खाम मगर र तामाङ भाषामा शुभकामना दिनुभएको जानकारी दिनुभयो । उहाँले बहुभाषिक नेपालमा भाषाभाषीको उत्थान र प्रोत्साहनका लागि नयाँ परम्परा स्थापना गर्न उक्त प्रयोग गरिएको बताउनुभयो । नेपालको संविधानको धारा ३२ मा मौलिक हकअन्तर्गत भाषिक र सांस्कृतिक हकको प्रबन्ध गरिएको छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।