जीप दुर्घटनामा दुईको मृत्यु



सोलुखुम्बु ।
काठमाडौँबाट सोलुखुम्बु आउँदै गरेको टाटा सुमोे जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोलुखुम्बुका लागि छुटेको जीप दिउँसो उदयपुरको घुर्मीमा दुर्घटना हुँदा एक जना विदेशी नागरिकको घटनास्थलमै र एक जनालाई उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी चौकी घुर्मीले जनाएको छ ।

मृत्यु हुनेमा अन्दाजी ७५ वर्षका अस्ट्रेलियन नागरिक हुसेक रुडाल्डफ र उनकै श्रीमती वर्ष ७५ की हुसेक आन सिरिल्य रहेको प्रहरी चौकी घुर्मीका प्रहरी नायब निरीक्षक विन्देश्वर रावतले जानकारी दिनुभयो ।

घाइते हुनेहरुमा सोलुखुम्बु नेलेका इन्द्र बस्नेत, सरस्वती बस्नेत, ओखलढुङ्गा श्रीचौरका तोकबहादुर तामाङ, काठमाडौँ कागेश्वरी–५ मनोहराका मनोज रोका, कीर्तिपुरका सिर्जन बस्नेत, जोरपाटीका यान्धेन लामा र बाराका अर्जुन पाण्डे रहेका छन ्।

ना १ ज ७९६९ नम्बरको सो जीपमा चालकसहित दुई विदेशी र छ जना नेपाली नागरिक सवार थिए । जीप सडकबाट करीब सय मिटर तल खसेको प्रहरीले जनाएकोे छ । घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्