सङ्घीयता कमजोर हुन नदिन सरकार गम्भीर हुनुपर्छः गच्छदार



विराटनगर ।
नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार शान्तिसुरक्षा कायम गर्नतर्फ क्रियाशील रहनुपर्ने बताउनुभएको छ ।

आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रतिपक्षीले सरकारको काम हेरेर धारणा बनाउने गरेकाले दुई तिहाइ बहुमतको यो सरकार विकास निर्माणका कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।

उपनेता गच्छदारले सङ्घीयता कमजोर हुन नदिनतर्फ सरकार गम्भीर हुनुपर्ने बताउँदै जनताको चाहना र भावनालाई सरकारले उच्च प्राथमिकता दिनुपर्छ भन्नुभयो ।

नेपाली काङ्ग्रेसमा विगतदेखि नै रहेको विवाद समाधान हुनुपर्छ बताउँदै मधेशी जनअधिकार फोरम ९लोकतान्त्रिक०नेपाल र नेपाली काङ्ग्रेसबीच भएको सहमति कार्यान्वयन हुने आश्वासन आफूले पाएको पनि जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्