३ सरकारबीच समन्वय नहुँदा सरुवा भएका स्वास्थ्यकर्मी समस्यामा



विनोद सिंह विष्ट, बैतडी ।
केन्द्र सरकार र प्रदेश सरकार बिच समन्वय नहुदाँ बैतडीका स्वास्थ्यकर्मी समस्यामा परेका छन् । भदौ १७ गते नै बैतडीबाट सरुवा भएको भएपनी आज सम्म जिल्ला स्वास्थ्य कार्यालयले रमना पत्र दिन नमानेको स्वास्थ्यकर्मी समस्यामा परेका हुन् ।

बैतडीका २२ स्वास्थ्यकर्मीलाइ स्वास्थ्य विभागले सरुवा गरेको भए पनि जिल्ला स्वास्थ्य कार्यालयले भने रमना पत्र दिन नमानेको सरुवा भएका स्वास्थयकर्मीलेहरुले बताएका छन् । सरुवा भएको १६ दिनभइसक्दा समेत जिल्ला स्वास्थ्य कार्यालय बैतडीले रमना पत्र दिएको छैन्। केन्द्रबाट सरुवा भइसकेको भएपनि जिल्लाले रमना नदिदा आफुहरु अन्योलमा परेको दोगडाकेदार गाउँपालिका ३ श्रीकोट स्वास्थ्यचौकीका अहेव प्रेम चन्दले बताए । स्थानीय सरकार तथा गाउँपालिकाले समेत सहमती दिएको अवस्थामा जिल्लाले रोकेको उनले बताए ।

यता जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख जगदीशचन्द्र विष्टले भने विभागबाट सरुवा भनेर तर कुनै आधिकारीक पत्र प्राप्त नभएको बताए । सरुवा भएका भनिएका स्वास्थकर्मीहरुले भने सरुवा पत्रको फोटोकपी ल्याएर कार्यालयमा पुगेका छन् उनले भने भन्नुुभयो“प्रदेश ७ को सरकारले रमना पत्र नदिन भनेकोले नदिएको हो ।”

प्रदेश ७ का सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका प्रमुख, स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बैतडीमा मात्र नभइ प्रदेशभरीका सबै जिल्लाका सरुवा भएका स्वास्थ्यकर्मीहरुलाइ रमना दिन नसक्ने अवस्था भएकोले रोकेको बताए ।

३ हजार १ सय ७७ जना स्वास्थ्यकर्मीको दरबन्दी भएको ७ नम्बर प्रदेशका २०० पद यसअघि नै रिक्त रहेको छ । उनले भने“यही प्रदेशवाटै १५० स्वास्थ्यकमीको सरुवा गर्दा स्वास्थ्यसंस्था बन्द हुन्छन् , त्यसैले रमना नदिन भनिएको हो ।”

स्वास्थ्य निर्देशक डाक्टर अवस्थीका अनुसार केन्द्र सरकारले प्रदेश नं ७ वाट सरुवा मात्रै गरेको र अन्यत्रवाट यहाँ स्वास्थ्यकर्मी नपठाएको बताए । केन्द्र सरकारले अन्य प्रदेशवाट प्रदेश नं ७ मा स्वास्थ्यकर्मी नपठाउदासम्म रमना नदिईने प्रदेश ७ का सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश ७ घर भई अन्य प्रदेशमा कार्यरत स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न भनेको बताउदै स्वास्थ्य दिर्नेशक डाक्टर अवस्थीले केन्द्र सरकारसंग यो प्रदेशमा छिटो स्वास्थ्यकर्मीको व्यवस्था गर्न आग्रह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्