सवारी दुर्घटनामा ३ जनाको मृत्यु



काठमाडौं ।
लम्जुङ, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० र उदयपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

लम्जुङ बेसीशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा ग।१३ प ९००३ नम्बरको स्कुटीले पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीया लक्ष्मी तामाङलाई सोमबार ठक्कर दिंदा गम्भीर घाइते भएकोले उपचारको लागि जिल्ला सामुदायिक अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा चालक गोरखा पालुङटार नगरपालिका–४ घर भई हाल लमजुङ वेसीशहर नगरपालिका–७ क्याम्पस रोड डेरा गरी बस्ने १९ वर्षीय बिजय भुजेल समेत सामान्य घाइते भएका थिए ।

नवलपरासी मध्यबिन्दु नगरपालिका–७ स्थित चोरमारा जंगल राजमार्गमा बिग्रेर रोकी राखेको ग।१ ख ६७२८ नम्बरको ट्रकमा लु।१ च ५४६५ नम्बरको बलेरो गाडी सोमबार ठोकिएर दुर्घटना हुँदा बलेरोमा सवार नवलपरासी पुर्ब बिनयी त्रिबेणी गाउँपालिका–४ बस्ने १७ वर्षीय मधु आले गम्भीर घाइते भएकोले उपचारको लागि मध्यबिन्दु सामुदायिक अस्पताल डण्डा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र बलेरो चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

उदयपुर कटारी नगरपालिका–१४ घुर्मी बजार नजिक ना।१ ज ८९६९ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडकबाट अंदाजी १ सय मिटर तल खसेर दुर्घटना हुँदा अस्ट्रेलियन नागरिक ७० वर्षीया हुसेन कान्तको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा काठमाडौं बागेश्वरी बस्ने २१ वर्षीय मनोज रोक्का, सोलुखुम्बु नेले बस्ने १४ वर्षीय सुजन बस्नेतसहित ८ जना घाइते भएकोले उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाउने पहल भैरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्धार एवं थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्