युवती बेच्न लैजाने दुईजना भारतीय पक्राउ



इलाम ।
मानव बेचबिखनमा संलग्न दुईजना भारतीय नागरीकलाई प्रहरीले इलाममा आइतबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ्ग राम्बाङका २२ बर्षिय आयुष भनिने विवेक राई र ४२ बर्षिय दलबिर मुखिया रहेका छन् ।

पक्राउ परेका दुवैलाई अदालतमा मानव बेचविखन तथा ओसारपसार सम्बन्धि मुद्धा दर्ता गरी अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भटटराईले बताए । पाँचथर फिदिम नगरपालिका–५ की १९ बर्षिया एक युवतीलाई बिभिन्न प्रलोभन देखाएर भारततर्फ लैजाने क्रममा प्रहरीले जिल्लाको सूर्योदय नगरपालिका २ स्थित नेपाल भारत सिमावर्ती पशुपतिनगरबाट पक्राउ गरेको हो । ती युवाहरुले बिबाह गर्ने भन्दै फकाएको तर युवतीले नमानेपछि उनलाई डर धम्कि दिएर भारततर्फ लाने क्रममा प्रहरीले ती दुवैजना युवाहरुलाई पक्राउ गर्न सफल भएको बताइएको छ ।

युवतीलाई ललाई फकाई गर्दै धम्क्याएर भारतमा बेच्न लान लागेको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मानव बेचबिखनका लागि जिल्लाको पशुपतिनगर नाकालाई मानव तस्करीले मुख्य ट्राञ्जिट बनाउने गरेका छन् । खुल्ला सिमानाको फाईदा उठाएर मानव तस्करीहरु निकै सक्रिय हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्