स्वदेशमै रोजगारीको अवसर सृजना गर्न दक्षिण कोरियाली राजदुतको सुझाब



दुर्गाप्रसाद शर्मा, पर्वत ।
नेपालीलाई रोजगारीको अवसर दिदै आएको दक्षिण कोरियाका राजदुत पार्क योङ सिकले नेपालले नागरिकलाई स्वदेशमै रोजगारीको अवसर सृजना सुझाब दिएका छन ।
पर्वतको कुस्माबजार स्थित प्रदेश नं ४ कै उत्कृष्ट निजी बिद्यालय नमुना आवासिय माबिमा भएको अन्तरकृयामा बोल्दै स्वदेशमै रोजगारी सृजना गर्ने काममा नेपाली र नेपाल सरकार केन्द्रित हुनुपर्ने सुझाब दिएका हुन ।

‘बिदेशमा गएर काम गर्ने भनेको छोटो अवधीलाई हो’ उनले भने ‘स्वदेशी अर्थतन्त्र बलियो बनाउन निर्यातमुलक उद्योग खोल्ने र मुलुकमै हरेक क्षेत्रमा रोजगारी सृजना गर्नुपर्छ’ कोरियामा अहिले पनि २० हजार नेपाली श्रमिक काम गरिरहेको चर्चा गर्दै राजदुत सिकले कोरियामा सिकेको सिपलाई स्वदेशमा औधोगिक बिकासमा लगाउन आग्रह गरे । कोरिया चरम आर्थिक संकटमा रहेका बेला बिदेशमा गएर सिप सिकेपछि स्वदेश फर्केर औधोगिकरणमा साथ दिएको चर्चा गर्दै राजदुत सिकले बिदेशमा कमाएको धन स्वदेशमा लगानी गरे मात्रै बैदेशिक रोजगारीमा जानुको औचित्य हुने उनको धारणा छ । ‘बिदेशमा कमाउने र उतै रमाउने हो भने स्वदेशलाई कुनै फाइदा पुग्दैन’ उनले भने ‘बिदेशमा आर्जन गरेको धन र सिप स्वदेशका लागि लगानी गर्नुपर्छ’ इपीएसमार्फत कोरिया गएका नेपालीले त्यहाँ सिकेको सीप नेपाल फर्केर कार्यान्वयनमा ल्याउनुपर्ने राजदूत सिकको भनाइ थियो ।

राजदुत सिकले ६० वर्ष अगाडिको गरीब कोरिया यति छिट्टै संसारकै विकसित राष्ट्र हुनुमा कोरीयाली जनताले कृषि तथा औद्योगिक क्षेत्रमा गरेको मेहनतको प्रतिफल भएको पनि बताए । राजदूत सिकले कोरियाको तीब्र विकास हुनुमा भ्रष्टाचारविरुद्धको अभियान चाल्नु, आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो लगानी गर्नु रहेको उल्लेख गरे । नेपालमा पनि पर्यटन र जलस्रोतको बिकास गरि आर्थिक सम्बृद्धि हासिल गर्न संभब भएको चर्चा गर्दै राजदुत सिकले जलबिद्युत र पर्यटनको बिकास गर्ने कार्यक्रममा नेपालले पहिलो प्राथमिकता दिन सुझाब पनि दिनुभयो । ‘जलबिद्युत र पर्यटनमा एक पटक लगानी गरेपछि बर्षौ सम्म मुनाफा आर्जन गर्न सकिन्छ’ उनले भने ‘नेपालले पर्यटक भित्र्याउने र जलबिद्युत निर्यात गर्ने महत्वकाँक्षी योजना कार्यान्वयन गरेमा कोरियाले जस्तै छोटो समयमा धेरै आर्थिक फड्को मार्न सक्छ’ सो अवसरमा कोरियाको तीव्र विकास कसरी भयो भन्ने बारेमा भिडियोसमेत राजदुत सिकले प्रस्तुत गरेका थिए ।

नमुना आवासिय माबि बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष यामप्रसाद शर्मा, प्रिन्सीपल इन्द्रमान खत्री तथा भाइस प्रिन्सीपल खेमराज शर्माले राजदुत सिकलाई स्वागत तथा बिद्यालयको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्