स्काभेटरले सडक खन्ने क्रममा ढुंगा खसेर वृद्धाको मृत्यु



अर्जुन बोहरा, हुम्ला ।
कर्णाली करिडोर सडक खण्डको सर्केगाढ देखि सरीसल्ला सम्मको बाटो खन्न्ने क्रमममा स्काभेटरले खसालेको ढुङ्गा लाग्दा एकजान वृद्धाको मत्यु भएको छ । मुत्यु हुनेमा हुम्लाको सेर्केगाढ गाउँपालिका ४ निवासी ७४बर्षका साउने थापाको घटनास्थलमै मृत्यु भएको सर्केगाढ प्रहरी चौकीले जानकारी गराएको छ । सर्केगाढको नायाँसी खोला भन्ने स्थानमा माथिबाट सडक खन्ने क्रममा तल हिंडीरहेका थापा लाई टाउँकोमा ढुगा लागेको मृत्यक थापाका आफन्तले बताए । हुम्लाको सर्केगाढ सरीसल्ला सडक खण्डको ट्रयाक ओपनिङ्ग भईरहेको छ । हुम्लामा कर्णाली करिडोरको बाटो निमार्ण भईरहेको वेलामा सडक खन्ने क्रममा ढुगा लाग्दा थापको मुत्यु भएको छ ।

गाईबस्तु वनमा चौराउन गएको वेला घरतिर ल्याउने क्रममा अपरान्ह ५ बजे माथि बाट खसेको ढुगा लागेर मृत्यु भएको सर्केगाढ प्रहरी चौकी लाइै द्धित गर्दे जिल्ला प्रहरी कार्यलय हुम्लाका इनिस्पेक्टर गहेन्द्र बोगटीले बताए । मृत्यक थापाको पोष्टमार्टम गरिएको जिल्ला अष्पताल हुम्लाका डा नविन रोकायाले बताउनु भयो । डा. रोकायाका अनुसार दाँया पट्टिको टाउको गहिरो चोट लागेको बताए । मृत्यक थापाको घटनास्थल सम्म पुग्नको लागि सर्केगाढ प्रहरी चौकी बाट २ घण्टाको समय लाग्ने को प्रहरीले बताए ।

 

उता प्रहरीका अनुसार सडक खन्ने क्रमजारी भएकोले त्यस आसपासको बाटो भएर नहिँडन स्थानीइ बासिन्दा लाईपटक पटक सूचाना जारी गरिएको स्काभेटर चालकले जानकारी गराएको समेत सर्केगाढ प्रहरी चौकी लाई उद्धित गदै जिल्ला प्रहरी कार्यलय हुम्लाले् बताएको छ । उता मृत्यक थापाका आफन्तको भनाई भने सडक खन्दा जानकारी नगराईकन सडक खन्ने काम गरिरहेकोले आफनो गाईबस्तु चरन क्षेत्र तेतै भएको र मुख्या हुम्लीको हिडने बाटो भएको बताए ।

प्रतिक्रिया दिनुहोस्