‘आर्थिक समृद्धिमा सरकार प्रतिबद्ध छ’



राजविराज ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्ने कार्यमा सरकार प्रतिबद्ध भएर लागेको बताउनुभएको छ ।

सप्तरीको राजविराजमा आज प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले विदेशमा श्रम बेचेर हुँदैन बरु आफ्नै देशमा मेहनत र मजदुरी गरे आर्थिक विकास हुन्छ भन्नुभयो । उद्योग सञ्चालन गरे बिजुली, पानी र बाटोको सुविधा सरकारले उपलब्ध गराउने नयाँ सोच ल्याएको बताउँदै उहाँले आफ्नै देशमा लगानी र रोजगारी गर्ने आग्रह गर्नुभयो ।

कृषि उत्पादनमा वृद्धि ल्याउन सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको बताउँदै मन्त्री यादवले कृषिमा आधुनिकीकरण गर्न सकिएमा खाद्यान्नमा आत्मनिर्भर हुन सकिन्छ भन्नुभयो । उहाँले प्रदेश नं –२ अन्तर्गत राजविराजको पूरानो उद्यौगिक क्षेत्र गजेन्द्रनारायण औद्योेगिक क्षेत्रको विकासका लागि सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्