भारतीय राजदुत पुरी एक्कासी हुम्लामा



अर्जुन बोहरा, हुम्ला ।
राजदुुत मन्जिभसिंह पुुरी २ दिनको लागि आज आफनो परिवार सहित एक्कास हुुम्ला पुगेका छन् । राजदुत पुरीकी श्रीमती सहित सात सदस्यीय टोली बिहान सिमकोट पुगेका हुन् । आफनी श्रीमती सहित सिमकोट पुगेका राजदुत पुरीले सिमकोट विमानस्थलमा पुग्ने बित्तिकै आप्mना देशमा कैलास मानसरोवर जाने धार्मिक पर्यटकलाई सुविधा हुने गरी पूर्वाधार निर्माणमा जोड दिएका छन ।

नेपालगंजवाट हवाई जहाजमा सिमकोट आए जिल्ला स्थिीत सायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखेरेल ,सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिका जनप्रतिनिधी संग भेट गरेका छन । राजदुत पुरी संग ५ जानको टोली हुम्लाको सिमकोटमा पुगेको छ। राजदुत र उहाँका परविार बाहेक अन्य राजदुत संग आएका प्रतिनीध फिष्टेल एअरको हेलिकोप्टर बाट चिनको स्वशाशीत क्षेत्र तिब्तत संग जोडिएको हिल्सा नाकामा टोली पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका इनीस्पेक्टर गहेन्द्र बोगटीले थाहा खबर लाई बताए । के कारणले आएको आफु लाई समेत थाहा नभएको जानकारी गराए । भेटमा सहायक प्रमूख जिल्ला अधिकारी महेशमुकामर पोखेरेलले सिमकोट विमान स्थलबाट जिलला अस्पताल केही टाढा भएकाले आपतकालिनको लागि ल्याएका बिरामको उपचार गर्न समस्या भएको बताउँदै सिमकोट विमान स्थलमै घुम्ती स्वास्थ्य क्लिनिकको व्यवस्थाका लागि आग्रह गर्नु भयो ।

सदरमुकाम सिमकोट विमानस्थमा पुगे लगतै राजदुुत पुुरीले हुम्लाका लागि भौतिक पुुर्वाधार विकासका लागि सहयोग गर्ने वचन दिएको सिमकोट गाँउ पालिकाका प्रमुुख पदम बहादुुर लामाले जानकारी दिए । हुम्ला आफैमा प्राकृतिक श्रोत साधानले भरिपूर्ण भएको यो शिवजीको बस्ने स्वर्गको ठाउँमा भएकोले यस लाई भारत सकारीले पनि बिशेषका रुपमा हेरेको बताए ।

राजदुुत पुुरीलाई जिल्लामा भौतिक पुुर्वाधार विकासका लागि सहयोग गर्न सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले आग्रह गर्नु भयो । उहाले सिमकोट आसपासमा गाढी गुडन थालेपछि बिरामाी ओसारपसार गर्ने एम्बुलेन्सको आवश्यकता भएको भन्दै भारतिय राजदुतसँग माग गर्नु भयो ।

आजै नेपालगन्ज बाट हुुम्लाको लागि एक दिने बास बस्ने गरि राजदुुत पुुरीको टोली समिट एयरको जहाज बाट हुम्लामा आईपुगेको जिल्ला प्रशासन कार्यालय हुम्लाका सायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखेरेले बताए । राजदुत पुरीले भने कुनै यो राजनितीक भेटघाट नभएको र नितान्त आफनो व्यक्तिगत रुपमा हुम्लामा एक बास बस्नको लागि आएको संचारकर्मि लाई बताए ।

आजै हुम्ला बाट मुगु जिल्लामा रहेको रारा तालको समेत अवलोकन गर्ने जिल्ला प्रहरी कार्यलय हुम्लाका इन्सिपेक्टर बोगटीले बताउनु भयो ।

भारतिय राजदुत एकासी हुम्लामा आउनुको कारण जिल्लाका राजनितीकदल,नागरिक अगुवा लगायतले रहस्मय भएको बताएका छन । आफनै देशका नागरिक कैलास मानसरोवरको दर्शन गर्न गएका भारतिय तिर्थयात्री सँग सिमकोट विमानस्थलमै सोधपुछ गर्नु भयो । समिट एयरको विमानबाट नेपालगञ्ज हुँदै सिमकोट बिमानस्थलमा ओर्लेका राजदुत पुरीले मानसरोवरको यात्रा र आइपरेका समस्याका बारेमा आफान नागरिकसँग भलाकुसारी गरे । आफना नागरिक संग भारतिय राजदुतावास सँधै साथमा रहेको र तिर्थयात्रीमा समस्या हुन नसदने आफलना नागरिक संग प्रतिवद्धता जनाउनु भयो ।

राजदुत पुरीसँगै आएका भ्रमण मण्डलका ५ जना सदस्य सिमकोट पुगे लगत्तै नेपाल चिनको सिमाना हिल्सा गएका छन् । पुरी आफनी श्रीमती सहित सिमकोट रहेको विजय होटलमामा एक दिने बास बस्ने भएको हुम्ला स्थित भारतिय राजदुतावासका प्रतिनिधि जनकबहादुर शाहीले जानकारी दिए । पुरी आइतबार मुगुको रारा अवलोकन गर्न जाने योजना छ ।

प्रतिक्रिया दिनुहोस्