नेप्का गाउँमा पहिरो जाँदा २ को मृत्यु ४ घाईते



अर्जुन बोहरा, हुम्ला ।
चंखेली गाउँपालिका ५ को नेक्पा गाउँ नजिकैको खोलापारी भन्ने वनमा माथि बाट सुख्खा पहिरो जादाँ २ जानको ज्यान गएको छ भने ४ जान वालवालिका सख्त घाईते भएका छन । पहिरोमा छोपिएर २४ वर्षिय वसन्ति तामाङ्ग र १३ वर्षिय बाँचु तामाङ्गको ज्यान गएको छ । घाइते हुनेमा ९ वर्षका विनिता तामाङ्ग र हेमन्त तामाङ्ग, ८ वर्षका युकेश तामाङ्ग र १३ वर्षिय सुष्मिता तामाङ्ग रहेका छन् ।

घाइते मध्ये सिकिस्त ३ जनाको थप उपचारका लागि शनिबार साँझ हेलिकप्टरबाट नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय हुम्लाकमा इन्सिपेक्टर गहेन्द्र बोगटीले बताउनु भयो । चंखेली ५ नेप्का गाउँमै रहेको डाँफे आधारभुत विद्यालयको कक्षा ५मा अध्ययनरत अष्मिता तामाङ्गको भने शनिबार विदा परेकोले उनी आप्mनी फुपु वसन्ति तामाङ्गसँगै नजिकैको वनमा जंगली खाँबु टिप्न गएकी बताईन । आफु फुपु संग बसिरहेको वेला एकासी माथिबाट ठुलो पहिरो आयो । फुपु बशन्ति तामाङ्ग ढुङ्गाको आडमा बस्नु भयो उहाँ संगै बसेकी दुवैजना माथिबाट खसेर आएको पहिरोमा पुर्न भयो । आफु भाग्न सफल भएको बताइन ।

पहिरो बाट बाँचेर आफन्त लाई गुहार्न गाउँमा मनिषा
शनिबार गाउँ नजिकै रहेको पूर्वतिर पर्ने खोलापारी भन्ने स्थानमा खाँबु टिप्न गएको वेला माथि बाट पहिरो आउँदा केहि भाग्न सफल त भयौ कोहि पहिरोमा परे मनिषा तामाङ्गले बताइन ।

माथिबाट खसेको ढुंगाले टाउको र हातमा चोट लागेर बेहोस भएकी मनिषलाई होसमा आउन केही समय लाग्यो । एकछिन पछि होस्मा आएपछि आत्तिएकी अष्मिताले सँगैकी फुपु वषन्तिलाई घोप्टो परेर लडेकौ अवस्थामा छोडेर १५ मिनेटको बाटोमा पर्ने गाउँमा आफन्त गुहार्न गइन् । घरबाट उनका आफन्त घटनास्थलमा त गए दुई जानको मृत्य अबस्थामा भेटिए । विदाको दिन सदुपयोग गर्न वनमा गएका वेला अचानक आज माथिबाट खसेको सुख्खा पहिरोमा परेर वसन्तिसँगै १३ वर्षिय बाँच तामाङ्गले समेत ज्यान गुमाईन भने अष्मितासँगै चार जना घाइते भएका छन् । पहिरोको प्रत्यक्षदसी समेत रहेका चंखेली गाउँपालिका ५ का वडा अध्यक्ष भैरवबहादुर तामाङ्गले बताउनु भयो । पहिरो गएलगत्तै जिल्ला सदरमुकाम सिमकोटबाट पठाइएको हेलिकप्टरले चारै जना बिरामी वालवालिकालाई उद्धार गरेर सिमकोट ल्याई पुर्यएको छ । घाइतेमध्ये सुष्मिता र हेमन्त तामाङ्गको अवस्था सामान्य छ भने विनिता र युकेस तामाङ्गको अवस्था गम्भीर छ । जिल्ला अस्पताल हुम्ला निमित्त प्रमूख डा. नविन रोकायाले बताउनु भयो ।

पहिरोमा परेर घाइते भएका दुई जना वालवालिकाको थप उ पचारका लागि हेलिकप्टरबाट अहिले साँझ नेपालगञ्ज लगिएको छ । पहिरोबाट भएको क्षतीको एकिन विवरण आउन केही समय लाग्ने सहयक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्