श्रीलका: दर्जनौ नर कंकाल फेला


कोलोम्बो (एजेन्सी)
उत्तरी श्रीलंकाको मन्नार सहरमा एक सामुहिक चिहानमा दर्जनौ नर कंकाल फेला परेको छ । विशेषज्ञहरुको एक टोली त्यहाँ गाडिएकाहरुको जानकारी प्राप्त गर्ने प्रयासमा रहेका छन् ।

अहिले सम्म उक्त स्थानमा ९० नरकंकाल पत्ता लागिसकेका छन् । सन् २००९ मा श्रींलंकाको सेना र पृथक्तावादी तमिल टाइगर्स बीच २६ बर्षदेखि चलिरहेको गृहयुद्ध अन्त्य भएको थियो जसमा १ लाख भन्दा धेरैको ज्यान गएको वा बेपत्ता भएको थियो । उक्त संघर्ष अन्त्यपछि अहिलेसम्म उत्तरी श्रीलंकामा दुई ठुला सामुहिक चिहान प्राप्त भइसकेको छ । जाँच टोलीले उक्त सामुहिक चिहानका लागि जिम्मेवार पत्ता लगाउने प्रयास गर्ने छ ।