अमेरिका: हारको रिस


वासिंगटन,(एजेन्सी)
अमेरिकाको फ्लोरिडा राज्यको अमेरिकन–फुटबलको भिडियो गेम प्रतियोगितास्थलमा गोलीकाण्ड भएको छ । यस प्रतियोगिताको विजेतालाई अक्टोवरमा लास भेगसमा हुने अर्को चरणको प्रतियोगितामा जानवाला थिए । प्रतिस्पर्धीले त्यहाँ ठूलो नगद राशीको पुरस्कार जित्न सक्दथ्यो ।

म्यारिल्याण्डको बाल्टिमोर निवासी २४ वर्षिय प्रतियोगी डेभिड कट् आइतबार अपरान्हे प्रतियोगितास्थलमा जथाभावी गोली चलाउँदा दुई जनाको मृत्यु हुनुको साथै अन्य नौजना घाइते भएका छन् । त्यसपछि उनले आफैंलाई गोली हानेका थिए । पुर्व विजेता उनले खेल हारेकाले रिस पोखेको अनुमान गरिएको छ ।