चीन: महिलाको हत्या


बेइजिङ (एजेन्सी)
चीनको कारपुलिंग सेवा सन्चालक डीडी चुसिंगले एक महिलाको हत्या भएपछि उक्त सेवा स्थगित गरेको छ । कम्पनीका गाडी चालकले महिलालाई बलात्कार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

कम्पनीले यस घटनाले कार सेवा प्रक्रियामा कमजोरी रहेको देखाएको र पुनर्मुल्याङ्कनका लािग आफनो हाइटेक सेवा बन्द गरेको विज्ञप्तीमा उल्लेख गरेको छ । हत्या भएकी महिला २० बर्षका भएको र उनले वेन्जो सहरमा शुक्रबार ट्याक्सी सेवा लिएको चिनियाँ अधिकारीहरुले बताए । कम्पनीले विज्ञप्तीमा भएको छ – यस घटनाले हाम्रो उपभोक्ता सेवामा धेरै कमजोरी देखाएको छ । यो कमजोरीले अत्यन्त ठुलो चुकाउनु परेको छ ।