डेंगुको प्रकोप


कोलम्बो, (एजेन्सी)
श्रीलंकामा यस वर्षको शुरूदेखि हालसम्म डेंगुको कारण ४१ व्यक्तिको मृत्यु भएको र अन्य ३६ हजारभन्दा बढी प्रभावित भएको महामारी रोग नियन्त्रण संस्थाले शुक्रबार जनाएको छ। अगस्ट महिनामा मात्र देशभरि १ हजार ७५ जना डेंगुका बिरामी फेला परेका छन् भने गत महिना ६ हजार २ सय २१ व्यक्तिमा सो रोग देखा परेको बताइएको छ। राजधानी कोलम्बोमा यस वर्ष सबैभन्दा बढी अर्थात् ६ हजार ९ सय ३७ जना व्यक्तिमा डेंगु भेटिएको छ। त्यसै गरी पूर्वी जिल्ला बाटिकोलोवामा ४ हजार १ सय ५६ जनामा सो रोग देखा परेको छ।