सुनको अभाव भएसंगै सुनचाँदी पसल बन्द


बुटवल ।
सुनको अभाव भएको भन्दै सुनचाँदी व्यसायीले रुपन्देहीमा आज पसल बन्द गरेका छन् ।

विभिन्न पर्व नजिकिन लाग्दा उनीहरुले सुन पर्याप्त आपूर्ति नभएको भन्दै पसल बन्द गरेका हुन् । सुनचाँदीको वितरण प्रणाली वैज्ञानिक नभएको रुपन्देही सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष एमबी विश्वकर्माले बताउनुभयो । उहाँले २०६८ सालमा जारी भएको सुन वितरणको नीति अहिले परिवर्तन नभएकामा चिन्ता व्यक्त गर्नुभयो ।

बैँकले सरल र सहजरुपमा न्यूनतम ५० ग्रामदेखि आवश्यकता अनुसार सुन वितरण गर्ने प्रणाली हुनुपर्ने उहाँको भनाइ छ । जिल्लामा झण्डै ४०० सुनचाँदी व्यवसायी छन्, भने दैनिक तीनदेखि पाँच किलो सुन खपत हुन्छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।