प्रकाण्ड नुवाकोटमा, आजै अदालतमा उपस्थित गराइने


नुवाकोट । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई नुवाकोट ल्याइएको छ ।

प्रहरीले सर्वोच्च अदालत परिसरबाट भोजपुर लैजाने भन्दै पक्राउ गरेको प्रकाण्डलाई बिहिबार साँझ नुवाकोट ल्याइएको प्रहरी उच्च स्रोतले  बताएको छ । । भोजपुर चलान भएका प्रकाण्डलाई बीच बाटोबाटै फर्काइएको हो ।

प्रहरी स्रोतका अनुसार काभ्रे र भक्तपुरको सिमाको साँगाबाट उनलाई फर्काइएर नुवाकोट ल्याइएको हो । नुवाकोटमा एनसेलको टावरमा आगजनी गरेको बारे प्रकाण्डविरुद्ध मुद्दा दर्ता भएकोले उनलाई नुवाकोट ल्याइएको स्रोतले जनाएको छ ।

उनलाई आजै नुवाकोट जिल्ला अदालत पेश गर्ने बताइएको छ । सर्वोच्च अदालतको आदेशले प्रकाण्ड बिहीबार रिहा भएसँगै पुनः तेस्रो पटक पक्राउ परेका थिए। प्रहरीले उनलाई सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको हो ।

चन्दा आतंक मच्चाएको भन्दै साउन २२ गते पक्राउ परेका प्रकाण्डलाई गत भदौ १ गते पनि सर्वोच्चले छाड्न आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशमा छुटेका प्रकाण्डलाई सर्वोच्च अदालत परिसरबाट दोस्रोपटक पक्राउ गरेको थियो ।

प्रकाण्डलाई न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले सर्वोच्चको रजिष्ट्रारको रोहबरमा बिहीबार छाड्न आदेश दिएको थियो । सर्वोच्चको आदेशले छुट्नासाथ प्रकाण्डालाई पुनः तेस्रोपटक पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।